काठमाडौं । अध्यक्षका आकांक्षी करण चौधरी, आकाश गोल्छा र प्रकाश कपुरीबिच सहमति जुटेपछि त्यही सहमति अनुसार अध्यक्षमा करण र वरिष्ठ उपाध्यक्षमा आकाश हुने तय भएको थियो ।
पछिल्लो समयमा सो सहमति विरुद्ध नाडाका पूर्व उपाध्यक्ष नवराज डल्लाकोटीले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेपछि फेरि चुनावी पक्रियामा जानुपर्ने अवस्था सिर्जना भएको थियो । सो घोषणा पछि नाडाको नेतृत्व चयन गर्ने प्रक्रिया थप जटिल बनेको थियो ।
तर आज नाडाका नेतृत्व अहिले को समयमा चुनावी पक्रिया भन्दा सहमतिमै चयन हुनुपर्छ भन्ने धारण अनुरूप, नवराज डल्लाकोटीले पनि चौधरीलाई नै अध्यक्षको रूपमा समर्थन गरेका छन् । सो समर्थन पछि करण चौधरी नै नाडाको अध्यक्ष हुने फेरि पक्का भएको छ भने यही सहमति पछि चुनाव नहुने पक्का भएको छ ।
सहमतिको पहल गर्न अध्यक्ष, निबर्तमान अध्यक्ष तथा कार्यसमितिका सदस्यहरूको पनि उपस्थिति रहेको थियो ।
Facebook Comment
Comment