प्रधानमन्त्री कप महिला क्रिकेट

मधेसले लुम्बिनीलाई हरायो, पूजाको अर्धशतक

नेपालभ्युज

मधेसले लुम्बिनीलाई हरायो, पूजाको अर्धशतक

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा मधेसले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ।

मूलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा मधेसले लुम्बिनीलाई ८ विकेटले पराजित गरेको हो। ९७ रनको लक्ष्य मधेसले १८.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो।

मधेसका लागि पूजा महतोले अर्धशतकीय पारी खेलिन्। उनले ५९ बलमा ५ चौका प्रहार गर्दै अविजित ६० रन बनाइन्। अनुराधा चौधरीले १७ रन बनाइन्।

लुम्बिनीका लागि कमला घर्ती मगर र सुस्मिता भुसालले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको लुम्बिनीले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा ९६ रन बनायो।लुम्बिनीका लागि लक्ष्मी चाैधरीले अर्धशतकीय पारी खेलिन्। उनले अविजित ६४ रन बनाए। उनले ६४ बलमा ८ चौका र २ छक्का प्रहार गरिन। य

मधेसका लागि भने साक्षी यादवले २ तथा पूजा महतो, आरती महतो र कविता गौतमले १–१ विकेट लिए।

६ खेलबाट ४ अंक जोडेको लुम्बिनी अंकतालिकाको पाँचौँ स्थानमा छ। ६ खेलबाट ४ अंक जोडेको लुम्बिनी भने पाँचौँ स्थानमा छ। दुवै टोलीको प्लेअफमा जाने गणतीय सम्भावना मात्र बाँकी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved