प्रधानमन्त्री कप महिला क्रिकेट :

लक्ष्मी चौधरीको अर्धशतकमा लुम्बिनीले दियो मधेसलाई ९७ रनको लक्ष्य

नेपालभ्युज

लक्ष्मी चौधरीको अर्धशतकमा लुम्बिनीले दियो मधेसलाई ९७ रनको लक्ष्य

काठमाडौं। प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले मधेस प्रदेशलाई ९७ रनको लक्ष्य बनाएको छ।

मूलपानी क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनीले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा ९६ रन बनाएको हो।

लुम्बिनीका लागि लक्ष्मी चैधरीले अर्धशतकीय पारी खेले। उनले अविजित ६४ रन बनाए। उनले ६४ बलमा ८ चौका र २ छक्का प्रहार गरे। यस्तै, कप्तान सरस्वती घर्ती मगरले १० रन जोडे।

मधेसका लागि भने साक्क्षी यादवले २ तथा पूजा महतो, आरती महतो र कविता गौतमले १–१ विकेट लिए।

यस्तै, सुदूरपश्चिमले कोशी प्रदेशलाई ११९ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिमले पूरै ओभर खेलेर ३ विकेटको क्षतिमा ११८ रन बनायो।

सुदूरपश्चिमका लागि विन्दु रावलले ३३ र सम्झना खड्काले २७ रन बनाए। कविता जोशी २६ र रेवती धामी भने २० रनमा अविजित रहे।

कोशीका लागि सबनम राई र अपसरी बेगमले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved