काठमाडौं । इजरायलले सैन्य कारबाही जारी राख्दा गाजामा पछिल्लो २४ घण्टामा कम्तिमा थप २ सय ४१ जनाको मृत्यु भएको छ । ड्रोन हमला र भूमिगत आक्रमणका कारण अन्य कयौं घाइते भएका छन् ।
घाइतेको उपचारकालागि इजरायली सेनाले अवरोध गरेको अलजजिराले जनाएको छ । मेडिकल स्टाफलाई उपचार नगर्न इजरायली सेनाले उर्दी जारी गरेको छ । एम्बुलेन्स चलाउन रोक लगाएपछि ड्रोन हमलाबाट घाइते भएकाहरु उपचार नपाएर छटपटिएका छन् ।
प्यालेस्टाइनका राष्ट्रपति महमूद अब्बासले आफ्ना नागरिकविरुद्ध इजरायलले गम्भिर अपराध गरिरहेको टिप्पणी गरेका छन् । इजरायलले भने आफ्नो हमास समाप्त नभएसम्म गाजामा सैनिक अभियान नरोक्ने बताउदै आएको छ ।
आज विहान पनि गाजामा शक्तिशाली विष्फोटको आवाज सुनिएको बीबीसीले उल्लेख गरेको छ । दैनिक सयौं नागरिकको मृत्यु भइरहदा शव व्यवस्थापनमा समेत कठिनाइ भइरहेको छ ।
झण्डै ११ साता यता जारी लडाईमा झण्डै २१ हजार प्यालेस्टाइनीको मृत्यु भइसकेको छ । मारिनेमा अधिकांश महिला र बालबालिका छन् ।
Facebook Comment
Comment