एजेन्सी । उद्योगपति मुकेश अम्बानीकी श्रीमती नीता अम्बानी आफ्नो विलासी जीवनशैलीका लागि चर्चित छन् । नीता अम्बानीको फेशन सेन्स पनि गजबको छ । उनी हरेक पहिरन मिलाएर लगाउने गर्छिन् ।
नीता अम्बानीसँग डिजाइनर तथा विलासी कपडाको ठूलै संकलन छ । उनको डिजाइनर लुकको सम्पूर्ण श्रेय भने डोली जैनलाई जान्छ । डोली जैनले हरेक कार्यक्रमका लागि नीता अम्बानीलाई स्टाइलिश तरिकाले फरक फरक लुक्स दिन्छिन् ।
डोली जैन भारतीय पहिरनहरु लगाउन एकदमै माहिर छन् । त्यसमा पनि विशेषगरी उनले साडी विभिन्न तरिकाले लगाउन सक्छिन् । डोली जैन मात्र १८ सेकेन्डमा फरक-फरक तरिकाले साडी लगाउन सक्छिन् । उनलाई करीब ३२५ तरिकाले साडी लगाउन आउँछ ।
नीता अम्बानीकी बुहारी राधिका मर्चेन्टको इंगेजमेन्टमा पनि उनले नै सबैको पहिरन लगाउन सहयोग गरेकी थिइन् । मिडिया रिपोर्टअनुसार डोलीले एउटा पहिरन लगाइदिए बापत ३५ हजार देखि दुई लाखसम्म रकम लिने गर्छिन् ।
Facebook Comment
Comment