एजेन्सी । घरमा भएकै सामग्रीलाई फेसवासको रुपमा पनि प्रयोग गर्न सकिन्छ । विशेष गरी जाडोमा सुख्खा छाला हुने र विभिन्न बाहिरका रसायनयुक्त सामग्रीहरुको प्रयोगले छालामा विभिन्न समस्या आउँछ । त्यसैले घरमै भएका सामग्रीलाई नै तपाईं फेसवासको रुपमा प्रयोग गर्न सक्नुहुन्छ । जसको कुनै साइड इफेक्ट पनि हुँदैन र अनुहार पनि सफा हुन्छ ।
नौनी
छालाको सुख्खापन कम गर्नका लागि नौनीले अनुहार धुनुहोस् । यसमा पाइने गुणले छालालाई मुलायम बनाउँछ । साथमा यसले छाला पनि कसिलो हुन्छ र चाउरीपना पनि ठिक हुन्छ ।
बेसन
तपाईं घरमै बेसनले पनि अनुहार धुन सक्नुहुन्छ । यसले छालामा जम्मा भएको एक्स्ट्रा तेल पनि निकालिदिन्छ । यसलाई लगाउँदा छाला एक्सफोलियट हुन्छ ।
एलोवेरा
तपाईं एलोवेराको ताजा जेल पाँच मिनेटसम्म अनुहारमा मसाज गरेर पनि धुन सक्नुहुन्छ । यसले मरेका छालाहरुलाई निकाल्छ र छालामा ताजगी ल्याउँछ ।
ओट्स
छालाबाट फोहोर तथा मरेका छालाहरुलाई बाहिर निकाल्नका लागि तपाईंको ओट्सलाई स्क्रबको रुपमा पनि प्रयोग गर्न सक्नुहुन्छ । यसले अनुहार धुँदा कुनै बाहिर किनेको स्क्रब भन्दा कम हुँदैन ।
मह
जाडोमा महको सेवन जति फाइदाजनक हुन्छ । त्यसरी नै यो छालामा लगाउँदा पनि फाइदा गर्छ । यसले घाम तथा हावाले जलेको छालामा प्राकृतिक गोरोपन ल्याउने काम गर्छ । यसले छालाको एलर्जीलाई पनि निको पार्छ ।
Facebook Comment
Comment