अर्थमन्त्री भन्छन् : उद्योगको लाइन काट्ने प्राधिकरणको निर्णय पुनर्विचार हुनुपर्छ

नेपालभ्युज

अर्थमन्त्री भन्छन् : उद्योगको लाइन काट्ने प्राधिकरणको निर्णय पुनर्विचार हुनुपर्छ
फाइल तस्वीर

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्योगको लाइन काट्ने विद्युत् प्राधिकरणको निर्णयमा पुनर्विचार हुनुपर्ने बताएका छन् ।

उनले उद्योग व्यवसायका साथै समग्र अर्थतन्त्र नै कमजोर रहेको समयमा प्राधिकरणले लिएको अप्रिय निर्णय पुनर्विचार गर्नुपर्ने बताएका हुन् ।

विभिन्न उद्योगमा भइरहेको अहिलेको दबाबलाई सोचेर मात्रै काम गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

न्युज एजेन्सी नेपालसँग चितवनमा कुरा गर्दै उनले लोडसेडिङ हुँदा दिएको डेडिकेटेड लाइनबारेको विवादलाई लिएर उद्योगको बिजुली काट्ने कुरामा नेपाल विद्युत प्राधिकरणले पुनः विचार गर्नुपर्ने बताएका हुन् ।

अर्थमन्त्री महतले सरकारले अफ्ठ्यारो बेलामा उद्योगी व्यवसायीहरुलाई राहत दिनुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved