प्रधानमन्त्री दाहालको दाबी- मेरो कार्यशैली फेरिएकै कारण जनतामा आशा जाग्यो

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनतामा प्रत्यक्ष सकारात्मक प्रभाव पार्नेगरी सरकारले काम गरिरहेको दाबी गरेका छन् ।

नेपालभ्युज

प्रधानमन्त्री दाहालको दाबी- मेरो कार्यशैली फेरिएकै कारण जनतामा आशा जाग्यो

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनतामा प्रत्यक्ष सकारात्मक प्रभाव पार्नेगरी सरकारले काम गरिरहेको दाबी गरेका छन् ।

एक सय ३१ औं माओ जयन्तीको अवसरमा बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा दाहालले पूर्वाधार निर्माण,सेवा र सुशासनको क्षेत्रमा देखिने गरि काम भइरहेको बताएका हुन् ।

त्यसका लागि आफूले आफ्नो काम गर्ने शैलीमा समेत परिवर्तन गरेको बताए । उनले कर्मचारी लेभलबाट भइरहेका हरेक कामकारबाहीको दैनिक निरिक्षण गर्ने परम्पराको विकास गरेकाले काम गराइमा चुस्तता देखिएको बताए । कार्यगत शैलीमा भएको परिवर्तनकै कारण जनतामा आशा जागृत हँुदै गएको उनको भनाई छ ।

आफूले जनतालाई परिणाम दिनेगरी काम गरिरहेको दाबी गर्दै दाहालले आफ्नो एक वर्षको कार्यकालमा भएका कामका केही नयाँ रेकर्डहरु बनेको बताए । प्रधानमन्त्री दाहालले आगामी एक वर्ष आफ्नो नेतृत्वको सरकारले विकास, सेवा, सुशासन र सामाजिक न्यायको क्षेत्रमा नयाँ रेकर्डहरु निर्माण गर्दै जाने बताए ।

उनले नेपाली मौलिकतासहितको नयाँ विचार निर्माणको बलमा माओवादी पुरानै ताकतमा फर्किने र समाजवादी क्रान्ति सफल बनाउने आफ्नो एउटै लक्ष्य रहेको बताए । यसकालागि उनले विचार र विकास निर्माणको अर्को अभियान शुरु गर्ने घोषणा गरेका छन् ।

आठौँ राष्ट्रिय महाधिवेशनले विकास गरेको विचारलाई अबको अभियानले पूर्ण बनाउने दाहालको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved