एनएसएल: उपत्यकाका दुई टोली आमने सामने हुँदै

विजेताले फाइनल प्रवेशका लागि पोखरासँग खेल्नु पर्ने

नेपालभ्युज

एनएसएल: उपत्यकाका दुई टोली आमने सामने हुँदै

काठमाडौं । नेपाल सुपर लिग एनएसएलको इलिमिनेटरमा आज साविक विजेता काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भिड्दै छन् ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे हुने छ । काठमाडौं तेस्रो र ललितपुर चौथो स्थानमा रहँदै प्लेअफमा पुगेका हुन् ।

तेस्रो स्थानको काठमाडौंले आठ खेलमा तीनमा जित निकालेको छ भने तीन खेलमा बराबरी भएको छ । अन्य दुईवटा खेलमा भने काठमाडौं पराजित भएको छ । काठमाडौंको १२ अंक छ ।

ललितपुर भने चौंथो स्थानमा छ । ललितपुरले ८ खेलमध्ये दुईमा जित हासिल गरेको छ भने दुई खेलमा हार व्योहरेको छ । बाँकी चार खेल भने बराबरीमा टुङ्गयाएको छ । लिग चरणको अन्तिम खेलमा काठमाडौंले ललितपुरलाई १–० ले हराएको थियो ।

आजको खेलमा जित निकाल्ने टिमले फाइनल प्रवेशका लागि दोस्रो प्लेअफमा पोखरा थण्डर्ससँग खेल्नु पर्ने छ । यसअघि हिजो भएको पहिलो प्लेअफमा पोखरालाई ४–३ ले पराजित गर्दै धनगढी फाइनलमा पुगिसकेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved