काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्सलाई हराउँदै धनगढी एफसी फाइनलमा पुगेको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै धनगढी एफसी फाइनलमा पुगेको हो ।
तीन पटक लिएको अग्रता जोगाउन नसक्दा पोखरा क्वालिफायरको पहिलो खेलबाटै फाइनल पुग्नबाट वञ्चित हुनुपरेको हो । ललितपुर र काठमाडौंबीच मंगलबार हुने इलिमिनेटरको बिजेतासँग पोखराले दोस्रो क्वालिफायर खेल्नेछ ।
निर्धारित ९० मिनेटको समयमा १-१ गोलको बराबरी र थपिएको ३० मिनेटको समयमा पनि थप १-१ गोल भएपछि जितको निर्णय पेनाल्टी सुटआउटमा गरियो ।
यसअघि खेलको पाँचौ मिनेटमै आयुश घलानले गोल गर्दै पोखरालाई अग्रता दिलाएपनि ।खेलको अन्तिम समयमा धनगढीका अहमद हिजाजीले गोल गर्दै खेल बराबरीमा ल्याएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
Facebook Comment
Comment