४५ वर्षको उमेरपछि महिलामा देखिने परिवर्तन

नेपालभ्युज

४५ वर्षको उमेरपछि महिलामा देखिने परिवर्तन

एजेन्सी । ४० वर्षको उमेर पूरा भएपछि महिलाको शरीरमा एकदमै देखिने खालको परिवर्तन सुरु हुन्छ । जसको सिधा असर मेनोपोजसँग पनि जोडिएको छ । यसरी उमेर ४५ पुग्दापुग्दै शरीरमा केही खास परिवर्तन देखिन थाल्छन् । आउनुहोस् जानौं ती परिवर्तन बारे–

गर्भाशयमा प्रजनन क्षमतासँग जोडिएको हर्मोन एस्ट्रोजन बन्न बन्द हुन्छ । महिलामा यो स्टेज आउनुअघि धेरै लक्षण देखिने गर्छन् । जसलाई प्रीमेनोपोज भनिन्छ ।

प्री मेनोपोजको समयमा महिलाको अनियमित महिनावारी, हट फ्ल्यासेस अर्थात अचानक गर्मी महसुस हुने जस्तो देखिन्छ । यसका साथै पसिना आउने तथा मुड पनि परिवर्तन हुने हुन्छ ।

छालामा सुख्खापन, चिलाउने तथा कपाल झर्ने समस्या पनि हुन्छ । लगभग ८० प्रतिशत महिला यो समस्यासँग जुध्ने गर्छन् । त्यस्तै यस उमेरमा ब्रेन फगिंगको समस्या पनि धेरै महिलामा देखिन्छ ।

त्यस्तै ४५ पुग्दै गर्दा बाथ तथा युरिक एसिड जस्ता दुखाईका समस्या पनि देखिन थाल्छन् । यो उमेरसम्म आइपुग्दा हड्डीको डेन्सिटी कम हुन्छ । जसले गर्दा जोर्नी दुख्ने, अड्कने तथा सुन्निने जस्ता समस्या देखिन थाल्छन् ।

यो उमेरमा पिसाबमा पनि समस्या देखिन थाल्छ । खासमा यो उमेरमा नसाहरु कमजोर हुन्छन् । उमेरको यो समयमा आइपुग्दा मुत्रासय पनि खुकुलो हुन्छ । जसले गर्दा छोटो-छोटो समयमै पिसाव आउने समस्या हुन्छ ।

त्यस्तै हर्मोनल कारणले कपाल फुल्ने समस्या पनि आम नै हो । यो महिला पुरुष दुवैमा देखिने समस्या मानिन्छ । त्यसो त अहिलेको समयमा युवाअवस्थामै पनि कपाल फुल्ने समस्या देखिने गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved