परराष्ट्रमन्त्री भन्छन् : दक्ष जनशक्ति स्वदेशमै राख्न नसक्दा मुलुकलाई क्षति भइरहेको छ

नेपालभ्युज

परराष्ट्रमन्त्री भन्छन् : दक्ष जनशक्ति स्वदेशमै राख्न नसक्दा मुलुकलाई क्षति भइरहेको छ

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले दक्ष जनशक्ति विदेशिँदा मुलुकलाई क्षति भइरहेको बताएका छन् ।

सोमबार उडान शैक्षिक केन्द्रले काठमाडौंमा आयोजना गरेको विद्यार्थी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले दक्ष जनशक्ति विदेश जाँदा मुलुकलाई क्षति भइरहेको बताएका हुन् ।

उनले चिकित्सक, इन्जिनियर, प्राध्यापक, अर्थशास्त्री जस्ता धेरै पढेलेखेका मानिसहरु विदेश गइरहेको भन्दै यसले देशको आर्थिक अवस्थालाई समेत असर परेको बताए ।

मन्त्री साउदले काम गर्ने जनसंख्या कम हुँदै जाँदा देशको आर्थिक विकास गर्न पनि नसकिने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved