काठमाडौँ । आज देशभरको मौसम समान्यतः सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तराईका केही क्षेत्रमा आज पनि विहानैदेखि हुस्सु लागेको छ । तराईमा लागेको हुस्सु मध्यान्हसम्म विस्तारै हट्दै जाने महाशाखाको अनुमान छ ।
यद्यपी निरन्तर ओरालो लागेको तापक्रमका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात भने प्रभाव पारेको छ । तराईमा हुने शितलहर र हिमाली भेगमा हुने हिमपातका कारण सर्वसाधारणको जनजीवन प्रभावित हुन थालेको छ ।
चिसोबाट बच्ने उपाय अवलम्बन गर्न महाशाखाले सबैलाई अनुरोध गरेको छ । काठमाडौं उपत्यकाको न्यूनतम ताफक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकत तापक्रम १८ डिग्रीसम्म पुग्ने महाशाखाको अनुमान छ ।
Facebook Comment
Comment