नयाँ अध्ययनले भन्यो- ६० नाघेपछि सामान्यभन्दा धेरै तौल भएको राम्रो

नेपालभ्युज

नयाँ अध्ययनले भन्यो- ६० नाघेपछि सामान्यभन्दा धेरै तौल भएको राम्रो

एजेन्सी । स्वस्थ तौलको गणना धेरैजसो मानिस बीएमआई (बडी मास इन्डेक्स) को माध्यमबाट गर्छन् । यसबाट धेरैले आफ्नो तौल आवश्यक भन्दा कम छ वा धेरै थाहा पाउन सक्छन् ।

तर, एउटा नयाँ अध्ययनले तौललाई लिएर फेरि बहस चलाएको छ । किनकी यो अध्ययनमा ६० वर्षको उमेरमा सामान्यभन्दा अधिक तौल हुनु पर्ने नतिजा निस्किएको छ । यो अध्ययन बेलायतको ब्रिटिश डायटेटिक एसोसिएशनले गरेको हो ।

अध्ययनअनुसार बढेको तौलले तपाईंलाई छिटै कमजोर हुन दिँदैन । किनकी थुप्रै रोगले सबैभन्दा पहिला तौल कम हुन थाल्छ ।

साथमा बढेको तौलले यो उमेरमा तपाईंका हड्डीलाई पनि सुरक्षित राख्दछ । विज्ञका अनुसार वर्तमानमा पुरुषको तौल उचाइ अनुसार ६० देखि ९० तथा महिलाको ५५ देखि ७५ किलो सामान्य हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved