विद्यार्थीलाई ध्यान केन्द्रित गराउने योगासन

नेपालभ्युज

विद्यार्थीलाई ध्यान केन्द्रित गराउने योगासन

एजेन्सी । योग गर्नाले विद्यार्थीलाई पनि फाइदा हुन्छ । यदि तपाईं आफ्नो पढाईंमा ध्यान केन्द्रित वा फोकस गर्न सकिरहनु भएको छैन योगको सहयोग लिन सक्नुहुन्छ । यसले तपाईंको दिमाग शान्त तथा स्थिर हुनेछ ।

विद्यार्थीले योग गरेर फोकस बढाउनुका साथै स्मरण शक्ति पनि बलियो बनाउन सक्छन् । यसले पढाईमा ध्यान जानेछ र साथमा सम्झना पनि हुनेछ ।

जानौं त्यसका लागि कस्ता योगासन उपयुक्त हुन्छन् ?

पद्यासन

पद्मासनले दिमागलाई शान्त बनाउने र फोकसलाई राम्रो बनाउन सहयोग गर्छ । यो आसन मानसिक शान्तिलाई बढावा दिन्छ र विद्यार्थीको ध्यान केन्द्रित गर्न सक्ने क्षमता विकास हुन्छ ।

हलासन

हलासन गर्नाले दिमागमा रक्तसञ्चार राम्रो हुन्छ । यसले दिमागको कार्य क्षमतामा सुधार ल्याउँछ जसले गर्दा मानिसको स्मरण शक्ति पनि बलियो हुन्छ ।
वृक्षासन

वृक्षासन गर्नाले मानसिक स्थिरतामा सुधार आउँछ । साथमा तनाव पनि कम हुन्छ । वृक्षासनमा विद्यार्थीले एउटा विन्दुमा फोकस गर्नुपर्छ जसले गर्दा कन्सन्ट्रेशन बढ्छ ।

मेडिटेशन

त्यसो त मेडिटेशन गर्दा सबैलाई फाइदा हुन्छ । विशेष गरी विद्यार्थीले पढाई फोकस गर्न सकिरहेका छैनन् भने मेडिटेशन गर्नु एकदमै राम्रो उपाय हो । यसले दिमाग तथा मन दुवेको शान्ति प्राप्त हुन्छ ।

शवासन

शवासनलाई गर्दा शरीर पूर्ण रुपमा आरामदायी हुन्छ । जसले गर्दा तनाव कम हुन्छ र फोकस बढ्छ ।

यसरी विभिन्न योगासनहरु गरेर विद्यार्थीले आफ्नो पढाईमा ध्यान लगाउन सक्छन् । यी योगा कुनै पनि समयमा गर्न सकिन्छ । विशेषगरी बिहानको समयमा गर्नु राम्रो हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved