एजेन्सी । बलिउड फिल्म ‘कभी खुशी कभी गम’ चर्चित तथा सुपरहिट भएको थियो । जसलाई आज पनि प्रसशंकले मन पराउँछन् ।
तपाईंलाई थाहा पाएर अचम्म लाग्ला, फिल्मको शुटिंगका क्रममा शाहरुख र ऋतिकका बीच धेरै राम्रो सम्बन्ध थिएन । जहाँ फिल्मको सेटमा शाहरुख खानले ऋतिक रोशनसँग दुरी बनाएर राख्थे ।
यो विषय फिल्मका निर्देशक रहेका करण जोहरले आफ्नो किताब ‘एन अनसुटेबल बोय’ मा खुलासा गरेका छन् । फिल्म कहो ना प्यार है को अपार सफलताका कारणले ऋतिक रोशन बलिउडका ठूला कलाकारमा समावेश भइसकेका थिए । त्यसपछि ऋतिकको तुलना शाहरुख खानसँग गर्न थालिएको थियो ।
शाहरुख पहिलेदेखि नै ठूलो स्टार थिए, तर उनका पछिल्ला फिल्म लगातार फ्लप भइरहेकाले दुःखी थिए भनेर करणले उल्लेख गरेका छन् । यही बेला ऋतिकको भने सबैतिर चर्चा थियो । जसका कारण शाहरुखले असहज महसुस गरेका थिए ।
यसका साथै फिल्मको सेटमा जसको शाहरुखसँग राम्रो सम्बन्ध थियो त्यो पनि ऋतिकको चर्चाले खुशी थिएन । करण जोहर ऋतिकलाई एक्लो महसुस नहोस् भनेर सेटमा उनीसँगै रहने गर्थे ।
Facebook Comment
Comment