काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो जन्मदिनमा दुई आमालाई सम्झिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले जन्म दिने र स्तनपान गराउने आमालाई सम्झिएका हुन् ।
उनले फेसबुकमार्फत भनेका छन्– एउटी आमाको रगत र अर्की आमाको दुधको थोपाप्रति इमानदार रहनसकुँ ।
हेर्नुहोस् उनले लेखेको स्टाटस
आमा सावित्री शर्माबाट जन्म लिने सौभाग्य अनि आमा देउकुमारी श्रेष्ठबाट दूध पिउने सौभाग्य पाएँ ! आज मेरो जन्मदिनमा दुवै आमाप्रती अपार श्रद्धा प्रकट गर्दछु !
७ बर्ष जतिको छँदा मेरो चेतनाले आमा देउकुमारीलाई चिनेको थियो । निरन्जन, निर्मला, निराकार, इन्दिरा, निर्मल र निर्जयालाई जन्मदिइसकेपछि निराजलाई तल्लो घरमा उहाँले जन्मदिँदा माथ्लो घरमा म जन्मिएको रहेछु ।
बच्चालाई अघाउन पुग्ने गरि पर्याप्त दुध मलाई जन्मदिने आमाको नआएपछि, आमा देउकुमारीले निराज र मलाई आफ्नो दुध बाँडेर खुवाउनु भएको रहेछ । एकदिन–एकछिन चुसुक्क होईन लगातार डेढ बर्षसम्म ।
जन्मदिने र जीवन दिने दुवै आमा आज हुनुहुन्न । पुस ६ गते मेरो जन्मदिनमा बिहानै ध्यानमा दुवैलाई स्मरण गर्दै केवल यत्ति संकल्प गरें । एउटा आमाको रगत र अर्की आमाको दुधको थोपाथोपाप्रति ईमानदार रहनसकुँ ।
आमाहरुको आशीर्वाद सदैव रहोस् शिरमा !
Facebook Comment
Comment