कोरियन भाषा परीक्षाका लागि एक लाख २५ हजारले दिए आवेदन

नेपालभ्युज

कोरियन भाषा परीक्षाका लागि एक लाख २५ हजारले दिए आवेदन

काठमाडौं । कोरियन भाषा परीक्षा (इपीएस)को लागि अहिलेसम्म एक लाख २५ हजार जनाले आवेदन दिएका छन् । तोकिएको निश्चित अवधिको समाप्तसम्म करिब एक लाख २५ हजार जनाले आवेदन दिएका हुन् ।

पुस २ गतेदेखि इपीएसको लागि फारम खुला भएकामा बिहीबार बेलुका १२ बजेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । यो संख्या अनलाइन प्रणालीबाट फारम भर्ने सुविधा आएयताकै उच्च आवेदन परेको इपिएस शाखाले जनाएको छ ।

गत साउनमा भएको परीक्षामा अनुत्तीर्ण भएकाहरूले पनि परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएकाले यो संख्या बढेको वैदेशिक रोजगार विभागका इपीएस शाखा प्रमुख गुरुदत्त सुवेदीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved