१० गते ‘फेरि क्रमभंग गर्ने’ प्रधानमन्त्री प्रचण्डको घोषणा

उनले तेस्रोपटक प्रधानमन्त्री बनेको एक वर्ष पूरा हुने दिन ‘क्रमभंग’ हुने खालको केही निर्णय गर्ने बताएका हुन् ।

नेपालभ्युज

१० गते ‘फेरि क्रमभंग गर्ने’ प्रधानमन्त्री प्रचण्डको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू फेरि क्रमभंगको तयारीमा रहेको बताएका छन् ।

उनले तेस्रोपटक प्रधानमन्त्री बनेको एक वर्ष पूरा हुने दिन ‘क्रमभंग’ हुने खालको केही निर्णय गर्ने बताएका हुन् ।

शुक्रबार सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्मित नेपालकै दोस्रो ठूलो विद्युत् सबस्टेसनको उद्घाटन समारोहमा उनले आफू क्रमभंगको तयारीमा रहेको बताएका हुन् ।

‘प्रधानमन्त्री भएको एक वर्ष पूरा भएपछि नयाँ ढंगले केही धक्का दिएर सुरू गर्दैछु,’ म साँच्चै क्रमभंग गर्दैछु,’ उनले भने।

जनताले महसुस गर्ने गरी आफ्नो सरकारले काम गर्ने दाबी उनले गरे।

प्रधानमन्त्री प्रचण्ड २०७९ पुस १० गते तेस्रोपटक प्रधानमन्त्री पदमा नियुक्त भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved