कवि सुमिनाको कविता संग्रह ‘बागी स्त्रीको आत्मकथा’ आउँदै

नेपालभ्युज

कवि सुमिनाको कविता संग्रह ‘बागी स्त्रीको आत्मकथा’ आउँदै

काठमाडौं । प्रगतिशील धारकी सशक्त कवि सुमिनाको कविता संग्रह बजारमा आउने भएको छ । विगतदेखि नै फुटकर कविता लेख्दै आएकी कवि समिनाको कविता संग्रह ‘बागी स्त्रीको आत्मकथा’ पुस १३ गते शुक्रबारदेखि बजारमा आउन लागेको हो ।

इन्डिगो इन्कले प्रकाशन गरेको कविता संग्रह ‘बागी स्त्रीको आत्मकथा’ १३ गते दिउँसो २ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा विशेष समारोहबीच सार्वजनिक हुनेछ ।

कविता संग्रह सार्वजनिक समारोहमा साहित्यकार तथा चिन्तक आहुतिसँगै कुमारी लामा र अभय श्रेष्ठले कवि र कविताबारे विमर्श गर्नेछन् ।

सुमिनाले कवितासँगै वैचारिक आलेखहरुमा पनि कलम चलाउँदै आएकी छिन् । उनी विद्रोही कविका रुपमा परिचित छिन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved