प्रधानमन्त्री आज पूर्वमा, कोशीका सांसद र मन्त्री लिएर नहिँड्न पहिचान पक्षधरको चेतावनी

नेपालभ्युज

प्रधानमन्त्री आज पूर्वमा, कोशीका सांसद र मन्त्री लिएर नहिँड्न पहिचान पक्षधरको चेतावनी

काठमाडौं । पहिचान पक्षधरले कोशी प्रदेशका कुनै पनि सांसद र मन्त्रीलाई सँगै लिएर नहिड्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिएका छन् । प्रधानमन्त्री दाहाल मोरङ्ग र सुनसरीका विभिन्न कार्यक्रममा सहभागी हुन हिजै विराटनगर पुगेका छन् ।

मोरङ्गको मिक्लाजुङमा हुने पार्टीको कार्यक्रममा सांसद र मन्त्रीलाई साथमा नल्याउन पहिचान पक्षधरले चेतावनी दिएको हो । माओवादीबाट पर्यटनमन्त्री बनेका गणेश उप्रेती पनि प्रधानमन्त्रीसँगै मिक्लाजुङ जाने थाहा पाएपछि प्रदेश पुन नामांकन समितिले विज्ञप्तिमार्फत मन्त्री लिएर नहिड्न प्रधानमन्त्रीलाई सचेत गराएको हो ।

प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधरले प्रदेशका सांसद र मन्त्रीलाई सार्वजनिक कार्यक्रममा निषेधको अभियान चलाइरहेको छ ।

जनतासँग माओवादी कार्यक्रमका लागि प्रधानमन्त्री मोरङ्गको पूर्वी उत्तर गाँउ मिक्लाजुङ जान लागेका हुन् । बिहान साढे १० बजे सुनसरीको इनरुवामा निर्माण गरिएको विद्युत सवस्टेशनको उद्घाटन लगत्तै साढे १२ बजे प्रधानमन्त्रीको टोली मिक्लाजुङ पुग्ने माओवादी नेता गगन पुरीले बताए ।

पार्टीको कार्यक्रम सकिएपछि प्रधानमन्त्री दाहाल अपरान्ह मोरङ्ग व्यापार संघ एक्स्पोको उद्घाटन गर्न विराटनगर फर्किने छन् । उनी आजै साँझ काठमाडौं फर्किने छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved