एजेन्सी । जाडोमा प्राय: घरमा भ्यासलिनको ठूलो होस् वा सानो डब्बा हुन्छ नै । धेरैले यसलाई लिप वाम देखि लिएर मोइस्चराइजरको रुपमा प्रयोग गर्दछन् ।
भ्यासलिन एउटा पेट्रोलियम जेली हो जो बोसोयुक्त पदार्थको मिश्रणबाट बनेको हुन्छ । यसलाई पेट्रोलियमको सहयोगबाट बनाइन्छ । यो गाढा क्रिम हो जसबाट न कुनै वासना आउँछ वा कुनै स्वाद हुन्छ । यो क्रिम छाला र कपालका लागि एकदमै फाइदाजनक हुन्छ ।
तपाईंले यसलाई मोइस्चराइजरको रुपमा मात्र प्रयोग गर्नुभएको होला तर यसलाई फेस स्क्रबको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यसका लागि भ्यासलिनमा थोरै नुन मिसाएर अनुहारमा लगाउने र हल्का हातले मालिस गर्ने ।
त्यस्तै यदि दैनिक रुपमा आँखाको परेलामा भ्यासलिन लगाउनुभयो भने यसले तपाईंका आँखाका परेला लामो र बाक्लो हुँदै जानेछ ।
यो क्रिम दैनिक रुपमा लगाउँदा अनुहारमा चमकका साथै बुढो हुँदै जाँदा आउने छालाको समस्या पनि कम हुन्छ ।
त्यस्तै यदि तपाईंको कपाल घुमेको छ भने यसलाई सही तरिकाले सजिलै सिधा गराउन पनि भ्यासलिनको प्रयोग गर्न सक्नुहुन्छ । यसले तपाईंका दुई मुख भएका कपालबाट पनि छुट्कारा दिन्छ ।
हातको कुहिनोमा भएको कालोपन कम गर्नका लागि पनि भ्यासलिनको प्रयोग गर्न सकिन्छ । दैनिक रुपमा कुहिनो सफा गरेपछि त्यसमा भ्यासलिन पेट्रोलियम जेली लगाएर मालिस गर्नुहोस् ।
त्यस्तै जाडोमा हात तथा खुट्टा फुट्ने समस्या पनि एकदमै धेरै हुन्छ । यसका लागि पनि तपाईं भ्यासलिनको प्रयोग गर्न सक्नुहुन्छ । सुत्नुअघि सफासँग हातखुट्टा धोएर फुटेको ठाउँमा भ्यासलिन लगाउनुहोस ।
Facebook Comment
Comment