प्रधानमन्त्री कप महिला क्रिकेट

लुम्बिनीसँग गण्डकी पराजित, कर्णालीले दिएको लक्ष्य तेस्राे ‌ओभरमा भेट्टायो कोशीले

नेपालभ्युज

लुम्बिनीसँग गण्डकी पराजित, कर्णालीले दिएको लक्ष्य तेस्राे ‌ओभरमा भेट्टायो कोशीले

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा लुम्बिनीले गण्डकीलाई ४ विकेटले पराजित गरेको हो। १०३ रनको लक्ष्य लुम्बिनीले १७ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो। लुम्बिनीका लागि लक्ष्मी चौधरीले ४२ र कप्तान सरस्वती घर्ती मगरले १२ रन जोडिन्। अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन्। गण्डकीका लागि सृष्टि जैसीले २ तथा सुमन खतिवडा र कुसुम गोदारले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको गण्डकीले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा १०२ रन बनायो। गण्डकीका लागि सुमन खतिवडाले अविजित ३३ र अन्जली विश्वकर्माले ३० रनको योगदान गरिन्। लुम्बिनीका लागि कमला घर्ती मगर, सरस्वती पुन र मधु डीसीले १–१ विकेट लिए।

यस्तै, मूलपानी क्रिकेट मैदानमा भएको खेलमा कोशीले कर्णाली प्रदेशलाई १० विकेटले पराजित गर्यो। ३४ रनको झिनो लक्ष्य कोशीले ३.१ ओभरमा पूरा गर्यो। कोशीको लागि कप्तान रुबिना क्षेत्रीले अविजित २५ र काजल श्रेष्ठले अविजित ५ रन बनाइन्।

पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित १६ ओभरमा ९ विकेटको क्षतिमा ३३ रन बनायो। कर्णालीको लागि कप्तान किरण कुँवरले सर्वाधिक ९ रन जोडिन्। अन्य खेलाडीको प्रदर्शन प्रभावकारी हुन सकेन। कोशीका लागि अप्सरी बेगमले ३, अलिशा खडियाले २ तथा सबनम राई, निशा शाह र रुबिना क्षेत्रीले १–१ विकेट लिइन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved