अनुहारमा राति एलोवेरा जेल लगाउँदा हुने फाइदा

नेपालभ्युज

अनुहारमा राति एलोवेरा जेल लगाउँदा हुने फाइदा

एजेन्सी । छालालाई स्वस्थ तथा चम्किलो बनाउनका लागि तपाईं धेरै प्रकारका घरेलु तरिकाहरु अपनाउनुहुन्छ होला । यस्तोमा अनुहारमा धेरै प्रकारका चीजहरु लगाउनुहुन्छ । तर रातभर एलोवेरा जेल मात्र लगाउँदा पनि अनुहारको छालालाई धेरै फाइदाहरु प्राप्त हुन्छ । यस लेखमा जान्ने कोसिस गरौं ।

एलोवेरा जेलमा भिटामिन ए, सी र बी भरपूर मात्रामा हुन्छ । साथमा यसमा एन्टीइन्फ्लामेटरी, एन्टीसेप्टिक, एन्टीअक्सीडेन्ट गुणहरु पनि पाइन्छ । जसले गर्दा छालालाई शीतलता प्रदान गर्नुका साथै विभिन्न समस्याहरु पनि कम हुन्छ ।
जाडोमा हुने अनुहारको रुखोपनलाई कम गर्न अनुहारमा रातभर एलोवेरा जेल लगाउन सकिन्छ । यसमा मोइस्चराइजिंग गुणहरु भरपूर हुन्छ ।

त्यस्तै रातभर सुतेर उठ्दा अनुहार सुन्निने समस्यालाई पनि यसले कम गर्छ । सुत्नेबेला एलोवेरा जेल अनुहारमा लगाउनुभयो भने बिहान अनुहार फुल्लिने समस्या हुँदैन ।

छालामा लचकता बढाउनका लागि पनि एलोवेरा जेल एकदमै उपयोगी हुन्छ । जसले गर्दा अनुहारमा चाउरीपना तथा रुखो हुँदैन । त्यस्तै रातभर एलोवेरा जेल नियमित रुपमा लगाउँदा अनुहारका दागधब्बाहरु पनि हराएर जान्छ ।

यसका लागि सुत्नुअघि अनुहार सफा पानीले धोएर एलोवेरा जेल लगाउनुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved