धनगढी शीर्ष स्थानको खोजीमा

नेपालभ्युज

धनगढी शीर्ष स्थानको खोजीमा

काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा आज धनगढी एफसी र झापा एफसी भिड्दै छन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे हुने छ ।

धनगढी चौथो जितको खोजीमा रहँदा झापा एफसी दोस्रो जित निकाल्ने योजनामा छ । धनगढी तीनमा जित र तीनमा बराबरीका साथ अपराजित रहँदै १२ अंकका साथ दोस्रो स्थानमा छ ।

झापा एफसी एकमा जित, चारमा बराबरी र एकमा हार बेहोर्दै ७ अंकका साथ पाँचौँ स्थानमा छ ।

आजको खेल जिते धनगढी शीर्षस्थानमा उक्लिने छ । हिजोको खेलबाट पोखरा १४ अंकसहित शीर्षस्थानमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved