एनएसएलमा आज दुई खेल, पहिलो खेलमा इलाम र ललितपुर भिड्ने

नेपालभ्युज

एनएसएलमा आज दुई खेल, पहिलो खेलमा इलाम र ललितपुर भिड्ने

काठमाडौं । राजधानीमा जारी नेपाल सुपर लिग एनएसएल फुटबल प्रतियोगितामा आज दुईवटा खेल हुदै छन् ।

पहिलो खेलमा स्पोर्टिङ इलाम एफसीले ललितपुर सिटी एफसीको सामना गर्ने छ । खेल दिउसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु हुनेछ ।

आजै हुने अर्को खेलमा बुटवल लुम्बिनी एफसीले पोखरा थन्डर्सको सामना गर्ने भएको छ । यो खेल साँझ ५ बजे सुरु हुनेछ ।

यसअघि हिजो भएको धनगढी एफसी र काठमाडौं रेञ्जर्सबिचको खेल बराबरीमा सकिएको थियो । धनगढी र काठमाडौबिचको खेल १–१ गोलको बराबरीमा सकिएको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved