त्रिविको दीक्षान्त समारोहमा प्रधानमन्त्रीको प्रश्नैप्रश्न- हामीले किन गुणस्तरीय जनशक्ति उत्पादन गर्न सकेनौं ?

विश्वविद्यालयका उपकुलपति योग्यताको आधारमा नियुक्ति गर्ने प्रतिबद्धता

सोमबार दिउँसो त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले त्रिविमाथि प्रश्न गरेका हुन् ।

नेपालभ्युज

त्रिविको दीक्षान्त समारोहमा प्रधानमन्त्रीको प्रश्नैप्रश्न- हामीले किन गुणस्तरीय जनशक्ति उत्पादन गर्न सकेनौं ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयमाथि थुप्रै प्रश्न गरेका छन् । सोमबार दिउँसो त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले त्रिविमाथि प्रश्न गरेका हुन् ।

‘विश्वबजारका निम्ति प्रतिस्पर्धी जनशक्ति उत्पादनमा हामी कहाँ चुक्यौँ ? विगतमा विश्वविद्यालयहरूले आर्जन गरेको बलियो जनविश्वास र भरोसा किन कमजोर हुँदै गयो ? विश्वविद्यालयहरूमा क्रियाशील प्राज्ञहरूको भूमिका किन गुरूत्वपूर्ण हुन सकिरहेको छैन ?’, उनको प्रश्न छ, ‘विश्वविद्यालयहरूमा शैक्षिक क्यालेण्डर लागू हुन नसक्नु, बेलाबेला पठनपाठनमा गत्यावरोध आइरहनुमा को दोषी छ ? एकातर्फ हामी विश्वविद्यालयहरूमा राजनीतिक भागबण्डा हुनुहुँदैन, विश्वविद्यालयहरू स्वायत्त प्राज्ञिक निकायहरू हुनुपर्दछ भनिरहेका छौँ, अर्कोतर्फ हामी आफै राजनीतिक भागबण्डा र दाउपेचका निम्ति दौडिरहेका हुन्छौँ ।’

त्रिभुवन विश्वविद्यालयले केही वर्षयता गरेका प्राज्ञिक, प्रशासनिक, व्यवस्थापकीय सुधारका प्रयास भने महत्त्वपूर्ण रहेको उनले बताए ।

उनले योग्यताको आधारमा त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved