एकसाथ सबैभन्दा धेरै विद्यार्थी दीक्षित गरेर त्रिविले बनायो विश्व रेकर्ड (तस्वीरहरू)

एकसाथ सबैभन्दा धेरै विद्यार्थी दीक्षित गरेर त्रिविले बनायो विश्व रेकर्ड (तस्वीरहरू)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एकसाथ धेरैजना विद्यार्थीलाई दीक्षित गरेर विश्व रेकर्ड बनाएको छ ।

एकसाथ सबैभन्दा धेरै विद्यार्थीलाई भौतिकरुपमै उपस्थित गराएर दीक्षित गरेको भन्दै अफिसियल वर्ल्ड रेकर्ड एसोसिएसन (ओडब्लुआर) ले त्रिभुवन विश्वविद्यालयलाई प्रमाणपत्र दिएको छ ।

सोमबार दशरथ रंगशालामा आयोजित त्रिविको ४९ औं दीक्षान्त समारोहमा  १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएको त्रिविले जनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट विद्यार्थीहरु दीक्षित भएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved