लिट्मस केबल्स किन्दा दुबई जाने मौका

नेपालभ्युज

लिट्मस केबल्स किन्दा दुबई जाने मौका

काठमाडौं । ट्मस केबल्सले इलेक्ट्रीशियनहरुलाई लक्षित गरी ‘लिटमस केबल्सः इको वायरिंग स्मार्ट वाचदेखि दुबईसम्मको यात्रा’ नामक सात महिने राष्ट्रव्यापी योजना ल्याएको छ ।

कम्पनीले यसको मुख्य उद्देश्य इलेक्ट्रीशियनको परिश्रम र समर्पणको लागि पुरस्कृत गर्नु रहेको बताएको छ । लिट्मस केबल्सको इको वायर जेड एच, नेपालकै पहिलो जेरो हेलोजेन तार हो, जुन सुरक्षा सुधार गर्नको लागि विशेष रूपमा पिभिसी पोलिमरहरूद्वारा बनाइएको तार हो ।

उक्त योजना अन्तर्गत इलेक्ट्रीशियनहरुले ५० कोइल्सको खरिदमा स्मार्ट वाच, १०० कोइल्सको खरिदमा ड्रिल मेशिन, ३०० कोइल्सको खरिदमा एयर कुलर, ५०० कोइल्सको लागि मुक्तिनाथको यात्रा अथवा मोबाइल र १ हजार कोइल्सको खरिदमा टिभी जस्ता आकर्षक उपहारहरू जित्ने अवसर पाउने कम्पनीले बताएको छ ।

साथै, १ हजार ५०० कोइल्सको खरिदमा, तपाईँले वासिङ्ग मसिन जित्ने मौका पाइनेछ र २ हजार ५०० कोइल्सको खरिदमा दुबई यात्राको अवसर पाउन सक्ने कम्पनीले बताएको छ ।

योजनामा सहभागी हुन इलेक्ट्रीशियनहरूले इको वायर जेड खरिद गरी कुपनहरू नजिकैको लिटमस केवल्सको डिलरमा आफ्नो नाम, ठेगाना, फोन नम्बर र जम्मा गरेको कुपनको विस्तृत जानकारी बुझाउनु पर्नेछ ।

उक्त योजना अन्तर्गत जम्मा भएको कुपनको आधारमा स्मार्ट वाच, ड्रिल मेसिन, एयर कूलर, मुक्तिनाथको यात्रा, मोबाइल, टिभी, वाशिङ्ग मसिन र दुबई यात्रा लगायतका उत्कृष्ट उपहारहरू जित्न सक्नेछन् । कम्पनीका अनुसार, यो योजना २०८०, पुस १ गतेदेखि असार ३१, २०८१ गतेसम्म लागू हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved