काठमाडौं । इजरायलले गरेको पछल्लो आक्रमणबाट गाजाको जबलिया शरणार्थी शिविरमा ९० जनाको मृत्यु भएको छ । इजरायलले गरेको हवाइ हमलामाबाट अन्य सयभन्दा बढी घाइते भएका छन् ।
जबलिया शहरको अल बार्श र अलवान परिवार रहने गरेको सो शिविरमा गरिएको हमलामा मारिनेमा महिला र बालबालिकाको संख्या उच्च छ ।
घटनामा दर्जनौ बेपत्ता भएको समाचार एजेन्सी अलजजिराले जनाएको छ । हमलापछि भग्नावशेषमा परिणत भएको उक्त शिविरमा केही फसेको आशंका गरिएपनि उद्धार कार्यमा कठिनाइ भएको समाचारमा उल्लेख छ ।
इजरायली सेनाले गाजाको चर्चभित्र रहेका दुई क्रिस्चियन महिलाहरुको पनि हत्या गरेका समाचारमा जनाइएको छ । मध्य गाजाको दक्षिण क्षेत्रको रफाहमा गरेको हवाइ आक्रमणमा अन्य चार जनाको पनि मृत्यु भएको छ ।
गत अक्टोबर ७ देखि इजरायलले गाजापट्टीमा जारी राखेको आक्रमणका कारण अहिलेसम्म १९ हजार प्यालेस्टाइनीको मृत्यु भइसकेको छ ।
Facebook Comment
Comment