काठमाडौं। बंगलादेशले एसीसी यू–१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा आइतबार भएको खेलमा बंगलादेशलेले यूएईलाई १९५ रनले पराजित गरेको हो।
अविजित रहँदै बंगलादेशले यू–१९ एसिया कपको उपाधि जितेको हो। यो बंगलादेशको पहिलो एसिया कपको उपाधि हो। यूएई भने यससँगै उपविजेता बनेको छ।
२८३ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको यूएई २४.५ ओभरमा ८७ रनमा अलआउट भयो। यूएईको लागि ध्रुव पराशरले अविजित २५ र अक्षत राईले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक बडाउन सकेनन्। बंगलादेशको लागि मारुफ म्रीधा तथा रोहनत डौल्लाह बोर्सनले ३–३ विकेट लिए।
पहिले ब्याटिङ गरेको बंगलादेशले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा २८२ रन बनायो। बंगलादेशको लागि आशिकुर रहमान शिबलीले शतकीय पारी खेले। उनले १४९ बलमा १२ चौका र १ छक्का प्रहार गर्दै १२९ रन बनाए। चौधर मोहम्मदख रिजवानले ६० र आरिफुल इस्लामले ५० रन जोडे।
बंगलादेशलाई सस्तैमा प्याक गर्न आयमान अहमदले ४ विकेट लिए।
Facebook Comment
Comment