१८ वाणिज्य बैंकको ब्याजदर घट्दा दुई बैंकले राखे यथावत्  

नेपालभ्युज

१८ वाणिज्य बैंकको ब्याजदर घट्दा दुई बैंकले राखे यथावत्  

काठमाडौं । वाणिज्य बैंकहरुले पुस महिनाका लागि घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । मौद्रिक नीतिको त्रैमासिक समीक्षा पश्चात् बैंकका ब्याजदर अझै घट्ने विज्ञहरूले बताउँदै आइरहेका थिए । नभन्दै मंसिर महिनाको तुलनामा पुसमा २० वटा वाणिज्य बैंकहरुमध्ये १८ वटा वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् ।

तर, दुई वटा बैंकले मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका छन् । वाणिज्य बैंकहरुको औसत ब्याजदर मंसिरको तुलनामा ०.६२ प्रतिशत विन्दुबाट घटेर ८.९९ प्रतिशतमा झरेको छ । मंसिरमा वाणिज्य बैंकको औसत ब्याजदर ९.९१ प्रतिशत थियो ।

ब्याजदर घटाउने बैंक 

सबैभन्दा बढी हिमालयन बैंकले ब्याजदर घटाएको छ । मंसिरमा व्यक्तिगत मुद्दती निक्षेपमा १०.६०३ प्रतिशत रहेको यो बैंकको अधिकतम ब्याजदर पुसमा २ प्रतिशत बिन्दुबाट घटेर ८.६०३ प्रतिशतमा झरेको हो । त्यसै गरी सिटिजन्स बैंकले १.३५ प्रतिशतबिन्दुले निक्षेपको ब्याजदर घटाएको छ ।

एभरेस्ट बैंक, ग्लोबल आइएमई, लक्ष्मी सनराइज, माछापुच्छे र नेपाल एसबिआइ बैंकले १ प्रतिशत बिन्दु ब्याजदर घटाएका छन् भने हिमालयन बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.६० प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत, नेपाल एसबिआइ बैंक र माछापुच्छे बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.६ प्रतिशत र संस्थागततर्फ ७.६० प्रतिशत, लक्ष्मी सनराइज बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याज दिने भएको छ ।

त्यस्तै ग्लोबल आइएमई बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.६० प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत, एभरेस्ट बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत र एनएमबी बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याज दिने भएको छ ।

सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.२५ प्रतिशत र संस्थागततर्फ ८.२५ प्रतिशत, नेपाल बैंक व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.५५ प्रतिशत र संस्थागततर्फ ६.५५ प्रतिशत, सिटिजन्म बैंकको व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.३५ प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत, कृषि विकास बैंक व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.०१ प्रतिशत र संस्थागततर्फ ७.०१ प्रतिशत दिने भएको छ ।

नबिल बैंक व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.६० प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत, स्टान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.५६ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत, आरबीबी व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.६१ प्रतिशत र संस्थागततर्फ ६.६१ प्रतिशत, कुमारी बैंक व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.३१ प्रतिशत र संस्थागततर्फ ७.३१ प्रतिशत दिने जनाएको छ ।

एनआईसी एसिया व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.६७ प्रतिशत र संस्थागततर्फ ६.६७ प्रतिशत, प्राइम कमर्सियल व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत ब्याज दिनेछन् ।

ब्याजदर यथावत् 

प्रभु बैंक र सानिमा बैंकले भने पुसका लागि पनि मंसिरकै ब्याजदर यथावत् राखेका छन् । प्रभु बैंक र सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर दिने जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved