थुलथुले पेटबाट छुटकारा पाउन चाहनुहुन्छ ? दाल-चिनीको प्रयोग गर्नुहोस

नेपालभ्युज

थुलथुले पेटबाट छुटकारा पाउन चाहनुहुन्छ ? दाल-चिनीको प्रयोग गर्नुहोस

एजेन्सी । दाल-चिनीको प्रयोग खानामा स्वाद बढाउनका लागि गर्ने गरिन्छ । यो एउटा त्यस्तो मसला हो, जो लगभग हरेक घरमा हुने गर्छ । यसको स्वास्थ्य लाभहरू पनि एकदमै राम्रा छन् ।

तर, के तपाईंलाई थाहा छ यसले खानाको स्वाद मात्र बढाउँदैन । स्वास्थ्यमा पनि धेरै नै फाइदा दिन्छ । यो मसलालाई आफ्नो आहारमा सामेल गर्ने सबैभन्दा सजिलो तरिका हो बिहान खाली पेट मनतातो पानीसँग यसको सेवन गर्नू ।

यहाँ हामीले बताउनेछौँ बिहान खाली पेट दाल-चिनीको पानी पिउँदा तपाईंलाई के के फाइदा हुन सक्छन् ।

-दाल-चिनीमा फाइबरको मात्रा धेरै हुन्छ, जसले गर्दा यसले मेटाबोलिज्म बढाउँछ । यसले तपाईंको शरीरको बोसो तीव्र गतिमा कम हुन थाल्छ ।

-अध्ययनहरूमा पनि यो पाइएको छ कि, दाल-चिनीले बोसोदार खानाको प्रभावलाई पनि कम गर्छ । यसले सम्पूर्ण स्वास्थ्यको फाइदा हुन्छ र तौल पनि नियन्त्रित रहन्छ । तपाईँले थुलथुले पेटको समस्याबाट पनि छुटकारा पाउन सक्नुहुन्छ ।

-दाल-चिनीमा कैयौं एन्टीअक्सीडेन्ट्स र सिनामाल्डिहाइड नामक एक प्राकृतिक रसायन हुन्छ जसले प्रोजेस्टेरोन हर्मोनलाई बढाउँछ । यो हर्मोन महिलामा गर्भावस्थाका लागि एकदमै जरुरी हुन्छ ।

-दाल-चिनीमा एन्टीअक्सीडेन्ट्स, एन्टीइन्फ्लामेशन र एन्टीबायोटिक गुण पाइन्छ । दैनिक खाली पेट दालचिनीको पानी पिउँदा रगतमा सुगरको मात्रा पनि नियन्त्रित रहन्छ । त्यस्तै यसले पेटसम्बन्धी रोग पनि टाढा राख्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved