सेमिफाइनलमा भारत र पाकिस्तान पराजित, उपाधिका लागि बंगलादेश र यूएई भिड्ने

नेपालभ्युज

सेमिफाइनलमा भारत र पाकिस्तान पराजित, उपाधिका लागि बंगलादेश र यूएई भिड्ने

काठमाडौं। एसीसी यू–१९ एसिया कप क्रिकेटको सेमिफाइनलमा भारत र पाकिस्तान पराजित भएका छन्।

दोस्रो सेमिफाइनलमा भारत आज बंगलादेशसँग पराजित भयो । पहिलो सेमिफाइनलमा पाकिस्तान यूएईसँग हारेको थियो ।

उपाधिको प्रमुख दावेदार मानिएको भारत बंगलादेशसँग ४ विकेटले पराजित भयो ।

दुबईको आइसीसी एकेडेमी मैदानमा बंगलादेशले १८० रनको लक्ष्य ६ विकेट गुमाएर ४३ बल अगाडी नै पुरा गरेको हो ।

बंगलादेशका अरिफुल इस्लामले ९४ र अहरर अमीनले ४४ रनको योगदान गरे ।

पहिले ब्याटिङ गरेको भारत ४२.४ ओभरमा १८८ रन बनाउँदा अलआउट भयो। उसका मुरुगन अभिषेकले ६२ र मुशिर खानले ५० रन बनाए।  बंगलादेशका मारुफ मृधाले ४ विकेट लिएका थिए ।

यस्तै, पहिलो सेमिफाइनलमा यूएईले उपाधिको अर्को प्रमुख दावेदार पाकिस्तानलाई ११ रनले पराजित गरेको हो।

युएईले दिएको एक सय ९४ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४९ ओभर ३ बलमा, एक सय ८२ रनमा अलआउट भयो ।

यूएई र बंगलादेश उपाधिका लागि आइतबार आमने सामने हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved