काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय सभा चुनावका लागि कम्तीमा १० सिट दाबी गर्ने निर्णय गरेको छ ।
माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसले १० सिट दाबी गर्ने निर्णय गरेको हो ।
त्यस्तै कांग्रेसले राष्ट्रिय सभा सदस्य उम्मेदवार छनोटको जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिने पनि निर्णय गरेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका एक र १९ जना निर्वाचित सदस्यको फागुन २० गते पदावधि सकिँदैछ।
कांग्रेसले सातै प्रदेश कार्यसमितिलाई आकांक्षीहरू सिफारिस गर्न आग्रह पनि गरेको छ ।
त्यस्तै बैठकले पुस १२ गतेदेखि बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाउने पनि निर्णय गरेको छ ।
कार्यसम्पादन समिति बैठकले महासमिति बैठक सार्ने निर्णय गरिसकेको छ। महासमितिको बैठक फागुन ७ देखि १० गतेसम्म गर्न लागेको हो।
Facebook Comment
Comment