कांग्रेस महासमिति बैठक फेरि सर्‍यो, अर्को मिति फागुन ७ गतेका लागि तोकियो

पुस १२ गतेदेखि केन्द्रीय समिति बैठक

नेपालभ्युज

कांग्रेस महासमिति बैठक फेरि सर्‍यो, अर्को मिति फागुन ७ गतेका लागि तोकियो

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक फेरि सरेको छ । कांग्रेसको काठमाडौंमा जारी कार्य सम्पादन समितिको बैठकले महासमिति बैठकको मिति सारेको हो ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार पुस १६ गतेका लागि निर्धारित महासमिति बैठक फागुन ७ सम्मका लागि सारिएको हो ।

उनका अनुसार राष्ट्रिय सभा निर्वाचनका कारण बैठक सारिएको हो ।

योसहित बैठक तेस्रो पटक सरेको हो ।  यसअघि पहिलोपटक मंसिर २९ देखि पुस २ सम्म महासमिति बैठक गर्ने केन्द्रीय समितिले निर्णय गरेको थियो । तर, सो मितिमा गर्न नसकिने भन्दै सारेर पुस १६ देखि १९ सम्म पुर्‍याएको थियाे ।

शुक्रबारको बैठकले आउँदो पुस १२ गतेदेखि केन्द्रीय समिति बैठक बस्ने पनि निर्णय गरेको छ ।

उक्त बैठकमा राष्ट्रिय सभा चुनावमा उम्मेदवार चयन, अरू दलहरूसँगको गठबन्धनलगायत विषयमा छलफल हुने कांग्रेसले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved