छाड्ने प्रक्रिया पूरा गर्न खाणलाई अदालत लगियो

नेपालभ्युज

छाड्ने प्रक्रिया पूरा गर्न खाणलाई अदालत लगियो

काठमाडौं । नक्कली भूटानी शरणार्थी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण आज छुट्दैछन् । उनलाई छुटाउने प्रक्रिया पूरा गर्नका लागि अदालत लगिएको छ ।

उच्च अदालत पाटनको इजलासले ३० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । आदेशपछि उनले शुक्रबार नै धरौटी रकम बुझाएका छन् ।

केहीबेरमा केन्द्रीय कारागार जगन्नाथदेवलले उनलाई छाड्ने छ ।

उनलाई स्वागत गर्न कांग्रेसका कार्यकर्ताहरूको केन्द्रीय कारागार जगन्नाथदेवल अगाडि भीड लागेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved