बालकृष्ण खाणले बुझाए धरौटी रकम, केहीबेरमा छुट्दै

नक्कली भूटानी शरणार्थी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले धरौटी रकम तिरेका छन् ।

नेपालभ्युज

बालकृष्ण खाणले बुझाए धरौटी रकम, केहीबेरमा छुट्दै

काठमाडौं । नक्कली भूटानी शरणार्थी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले धरौटी रकम तिरेका छन् ।

बिहीबार उच्च अदालत पाटन इजलासले ३० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि उनले शुक्रबार धरौटी रकम बुझाएका हुन् ।

अदालतबाट धरौटी तिरेको पत्र पुगेपछि केहीबेरमा केन्द्रीय कारागार जगन्नाथदेवलले उनलाई छाड्ने छ ।

उनलाई स्वागत गर्न कांग्रेसका कार्यकर्ताहरूको केन्द्रीय कारागार जगन्नाथदेवल अगाडि भीड लागेको छ ।

लगतै खाणलाई बयानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लैजाने तयारी भएको छ । जेलमुक्त हुने प्रक्रिया पुरा भएपछि खाणलाई विभाग लैजाने बताइएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved