शवलाई किन सेतो कपडाले ढाकिन्छ ? जानौं

नेपालभ्युज

शवलाई किन सेतो कपडाले ढाकिन्छ ? जानौं

एजेन्सी । हिन्दु समुदायमा अन्तिम संस्कारका क्रममा सेतो कपडा नै ओढाउने गरिन्छ । यसो किन गरिन्छ भनेर के तपाईंले कहिल्यै सोंच्नुभएको छ ? आज ज्योतिष विशेषज्ञबाट जानौं आखिर शवलाई किन सेतो कपडाले ढाकिन्छ भनेर–

विशेषगरी हिन्दु धर्ममा सेतो रंगलाई पवित्रता, शान्ति र शोकको रंग मानिन्छ ।

शास्त्रहरुका अनुसार पनि सेतो कपडालाई व्यक्तिको अन्तिम वस्त्रको रुपमा मान्ने गरिन्छ । यस्तोमा मृत शरीरलाई सधैं सेतो रंगको कपडाले ढाक्ने गरिन्छ ।

मृत व्यक्तिलाई कहिल्यै पनि कालो रंगको कपडाले बेरिँदैन किनकी यसले नकारात्मक ऊर्जा ल्याउने गर्छ ।

कफन मूलरुपमा अरबी भाषाको शब्द हो । यसलाई संस्कृतमा शव आच्छादनम भनिन्छ ।

हिन्दु धर्म संस्कारमा सेतो रंगलाई विशेष महत्व दिइन्छ । यसलाई दुःख मनाउने रंगको रुपमा पनि लिने गरिन्छ । यो एकदमै आम रंग हो जसलाई हिन्दु धर्ममा पवित्रताको प्रतिक पनि मानिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved