काठमाडौं । थमन विक हत्या प्रकरणमा अभियुक्त रहेका नेकपा एमाले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीले सफाइ पाएका छन् ।
जिल्ला अदालत महोत्तरीले बिहीबार कोइरीलाई सफाइ दिने आदेश सुनाएको हो ।
आगलागी मुद्दामा पनि उनलाई अदालतले सफाइ दिएको छ । यस्तै अदालतले मोहन कापरले पनि सफाइ दिएको छ ।
२०७२ भदौ २५ गते मधेश आन्दोलनका क्रममा घाइते भएका सशस्त्र प्रहरीका असई विकलाई उपचारका लागि जलेश्वरबाट जनकपुर अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सबाट झारेर हत्या गरिएको थियो ।
हत्यामा लक्ष्मी महतो कोइरीको संलग्नता रहेको भन्दै मुद्दा दायर भएको थियो । कोइरीसहित २८ जनाविरुद्ध ज्यान मुद्दा दायर भएको थियो ।
जिल्ला अदालत महोत्तरीले ०७६ असोज २ गते महतोलाई १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर उच्च अदालत, जनकपुरले तीन वर्ष अघि महतोलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिए पनि कोइरी अहिलेसम्म फरार सूचीमा थिए ।
Facebook Comment
Comment