सभामुख घिमिरे भन्छन्- संसदको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्छ

नेपालभ्युज

सभामुख घिमिरे भन्छन्- संसदको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्छ

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

बिहीबार १७ औं संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसदको भुमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएका हुन् ।

उनले संसदको गरिमा कायम राख्दै संसदको भुमिकालाई प्रभावकारी बनाउन सरोकारवाला सबैले ध्यान दिनुपर्नेमा जोड दिएका हुन् ।

संसदको गरिमालाई उच्च राख्नका संघीय संसद सचिवालयले संविधानले व्यवस्था गरे अनुरुपको काम गर्नुपर्ने उनको भनाइ थियो ।

सभामुख घिमिरेले संघीय संसद सचिवालयका कर्मचारीहरुले प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरुलाई सहयोग गर्नुपर्ने पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved