लुम्बिनीमा महिनावारी बिदा लागू हुँदै

नेपालभ्युज

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले महिला कर्मचारीलाई महिनावारी बिदा दिने तयारी गरेको छ । महिनावारीको समयमा एक दिन महिलालाई विदा दिने गरिको स्थानीय तह सेवा ऐन बनाउने तयारी भएको हो ।

ऐन बनाउन प्रदेश सरकारले विधेयकको प्रस्तावना बनाउँदै छ । महिनावारी बिदा निजामती कर्मचारीको अधिकार नभई सहुलियत मात्र रहेको ऐनमा उल्लेख गरिने छ । यो विदा लुम्बिनी प्रदेश मातहतमा रहेका कर्मचारीले मात्र पाउने छन् ।

लुम्बिनी प्रदेशमा अहिले ५ सय ५० महिला कर्मचारी कार्यरत छन् ।

लैंगिकताको दृष्टिले महिनावारी विदालाई ऐनमा समावेश गर्न सफल भएको र अब यसलाई कार्यान्वयनमा लगिनु पर्ने प्रदेश सभा सदस्य निमा गिरीले बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved