कांग्रेसमा गुटगत आधारमा अवसर दिने अवस्था सिर्जना भयोः सांसद शर्मा

नेपालभ्युज

कांग्रेसमा गुटगत आधारमा अवसर दिने अवस्था सिर्जना भयोः सांसद शर्मा
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले कांग्रेसमा गुटगत आधारमा अवसर दिने अवस्था सिर्जना भएको बताएका छन् ।

बुधवार शेखर—गगन समूहको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रिय सभामा अवसरबाट वञ्चित हुँदै आएकालाई अवसर दिनुपर्ने बताए । उनले शेखर—गगन समूहमा पनि केही समस्या आएको बताए । उनले आम मानिसले सबै मिलेर जानुपर्ने धारणा राखेकाले मिल्नुको विकल्प नभएको बताए ।

उनले भने, ‘कांग्रेस पार्टीमा अहिले गुटगत आधारमा मान्छेहरुलाई अवसर दिने अवस्था   देखिएको छ । जसले अवसर पाउनुभएको छैन, पार्टीको लागि अनवरत रुपमा लड्नुभएको छ, राष्ट्रिय सभामा उहाँहरुलाई अवसर दिनुपर्छ । पटकपटक अवसर पाएकाहरुलाई र टिकट लिएर हारेकाहरुलाई अवसर दिनु हुँदैन ।’

‘हाम्रो गुट भित्र पनि समस्या भयो । शेखर दाई र गगन दाईको बीचमा समस्या आए । यो लुकाएर पनि हुँदैन । तर आम मानिसको बीचमा सबै मिलेर जानुपर्ने कुरा छ । शेखर र गगन बिनाको यो समूह अपुरो हुन्छ, उनले भने ।’

सांसद शर्माले शेखर र गगन बिनाको अहिलेको समूह अपूरो हुने दाबी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved