काठमाडौं महानगरविरुद्ध उच्च अदालतको फैसला, राप्रपा पार्टी कार्यालय भत्काउन नपर्ने

नेपालभ्युज

काठमाडौं महानगरविरुद्ध उच्च अदालतको फैसला, राप्रपा पार्टी कार्यालय भत्काउन नपर्ने

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरलिकाविरुद्धको फैसला सुनाएको छ । अदालतले महानगरविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालय भत्काउन नपर्ने फैसला गरेको हो ।

बुधबार न्यायाधीश हरिप्रसाद पौडेल र पुरुषोत्तम ढकालको इजलासले राप्रपा पार्टी कार्यालय भत्काउन नपर्नेगरी फैसला गरेको हो ।

काठमाडौं महानगरपालिकाले मापदण्डविपरीत भवन बनेको भन्दै डोजर लगाएर पार्टी कार्यालय भत्काउने तयारी गरेको थियो । त्यसविरुद्ध राप्रपाले अदालतमा मुद्दा हालेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved