एनएसएलमा आज वीरगञ्ज र इलाम भिड्दै

नेपालभ्युज

एनएसएलमा आज वीरगञ्ज र इलाम भिड्दै

काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा तालिकाको अन्तिममा रहेका दुई टोली वीरगञ्ज युनाइटेड र स्पोर्टीङ इलाम भिड्दैछन् । खेल साँझ ५ दशरथ रंगशालामा हुने छ । वीरगञ्जको यो पाँचौ खेल हो भने इलामको छैटौं खेल हो ।

५ खेलबाट ४ अंक जोडेको इलाम तालिकाको आठौ स्थानमा रहँदा चार खेलबाट २ अंक मात्रै जोडेको वीरगञ्ज नवौं अर्थात पुछारमा छ ।

वीरगञ्ज आज पहिलो जितको खोजीमा हुँदा इलाम दोस्रो जित निकाल्न चाहन्छ ।

पहिलो स्थानको ललितपुरको ९ अंक छ भने ८ अंकसहित धनगढी दोस्रो स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved