यू-१९ एसिया कपमा भारतसँग पराजित भएसँगै नेपालको यात्रा समाप्त

नेपालभ्युज

यू-१९ एसिया कपमा भारतसँग पराजित भएसँगै नेपालको यात्रा समाप्त

काठमाडौं। एसीसी यू-१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग पराजित भएको छ । दुबईको आइसीसी एकेडेमी ओभल-२ मैदानमा मंगलबार भएको खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको हो ।

यससँगै एसिया कपमा नेपालको यात्रा समाप्त भएको छ । पाकिस्तान, अफगानिस्तान र भारतसँग लगातार ३ खेलमा पराजित भएको नेपाल समूहको पुछारमा रह्यो ।

भारतसामू नेपालको बलिङ र ब्याटिङ दुवै चल्न सकेन । ५३ रनको झिनो लक्ष्य भारतले ७ ओभरमा बिना क्षति पुरा गर्‍यो । अर्शीन कुल्कर्नीले अविजित ३७ र आदर्श सिंहले अविजित १३ रन बनाए ।

पहिले ब्याटिङ गरेको नेपाल २२.१ ओभरमा ५२ रन बनाएर अलआउट भयो । कुनै पनि खेलाडीले दोहोरो अंकको स्कोर गर्न नसकेपछि नेपाल सस्तैमा अलआउट भएको थियो ।

भारतका बलरसामु निरीह बनेको नेपालले ९.५ ओभरमै २१ रनमा ६ विकेट गुमाएको थियो । हेमन्त धामीले बनाएको ८ रन नै नेपालको उच्च स्कोर थियो ।

अर्जुन कुमाल ७, गुल्सन झा ४, दिपेश कंडेल ४, देव खनाल २, सुवास भण्डारी २ र दीपक बोहोरा १ रनमा आउट भए । उत्तम मगर र दीपक डुम्रे भने डगआउट भए । आकाश चन्द ४ रनमा अविजित रहे ।

नेपालले अतिरिक्त १२ रन पाएको थियो । भारतका लागि राज लिम्बानीले उत्कृष्ट बलिङ गर्दै ७ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved