एनएसएलमा आज पोखरा र काठमाडौं भिड्दै

नेपालभ्युज

एनएसएलमा आज पोखरा र काठमाडौं भिड्दै

काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा आज पोखरा थण्डर्स र काठमाडौं रेञ्जर्सबीच प्रतिष्पर्धा हुदै छ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुने छ । पोखरा र काठमाडौं दुवैका लागि यो पाँचौ खेल हो ।

चार खेलबाट ८ अंक जोडेको पोखरा तेस्रो स्थानमा छ । पोखराले दुईमा जित र दुई खेल बराबरीमा टुङ्गयाएको थियो । काठमाडौं भने चार खेलबाट ५ अंकसहित पाँचौ स्थानमा छ ।

काठमाडौंविरुद्ध जित हात पारे पोखरा शीर्ष स्थानमा पुग्नेछ । पछिल्लो खेलमा बुटवल लुम्बिनीसँग पराजित भएको काठमाडौं आज भने जित्ने लक्ष्यसहित मैदान उत्रदैछ । मंसिर ८ गते शुरु भएको एनएसएलको यो दोस्रो संस्कारण हो । प्रतिष्पर्धामा ९ टिम सहभागी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved