यू–१९ एसिया कप:

अफगानिस्तानविरुद्ध नेपालको १०० रन पूरा, गुल्सन पनि आउट

नेपालभ्युज

अफगानिस्तानविरुद्ध नेपालको १०० रन पूरा, गुल्सन पनि आउट

काठमाडौं। एससी यू–१९ एसिया कप क्रिकेटमा नेपालले अफगानिस्तानविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ।

दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्ड २ मा जारी खेलमा नेपालले २३.२ ओभरमा ५ विकेटको क्षतिमा १०० रन पूरा गरेको छ। यसलगत्तै गुल्सन झा १७ रनमा पभिलियन फर्किए।

नेपालको लागि अर्जुन कुमाल र दिपेश कंडेलले ब्याटिङ गरिरहेका छन्। यसअघि कप्तान देव खनालले २४, दिपक बोहोराले १५, उत्तम मगरले ४ रन बनाए। विपिन रावल र आकाश त्रिपाठी भने डगआउट भए।

अफगानिस्तानले दिएको २६२ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved