यू–१९ एसिया कप : अफगानिस्तानले दियो नेपाललाई २६२ रनको लक्ष्य

नेपालभ्युज

यू–१९ एसिया कप : अफगानिस्तानले दियो नेपाललाई २६२ रनको लक्ष्य

काठमाडौं। एससी यू–१९ एसिया कप क्रिकेटमा अफगानिस्तानले नेपाललाई २६२ रनको विशाल लक्ष्य दिएको छ।

दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्ड २ मा जारी खेलमा अफगानिस्तान ४९.३ ओभरमा २६१ रनमा अलआउट भएकोे हो।

अफगानिस्तानका लागि जमशीद जद्रानले शतकीय पारी खेले। जमशीद १५२ बलमा १०६ रनमा अविजित रहे। यस्तै, नुमान शाहले ६० रन र रहिमुल्लाह जुर्मतीले ३५ रन बनाए।

नेपालका लागि हेमन्त धामी, गुल्सन झा तथा सुवास भण्डारीले २–२ तथा आकाश चन्द र दीपेश कंडेलले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved