गाजाका आधाभन्दा बढी जनसंख्या भोकमरीमा, हजारौं विस्थापित

नेपालभ्युज

गाजाका आधाभन्दा बढी जनसंख्या भोकमरीमा, हजारौं विस्थापित

काठमाडौं । इजरायलको लगातारको बमबारीका कारण गाजाबाट विस्थापित भएका हजारौं सर्वसाधारण प्यालेस्टाइनको रफाहमा कष्टपूर्ण जीवन बाच्न बाध्य भएका छन् । चिसो रातमा उनीहरुले खुल्ला आकाशमुनि रात बिताउनु परेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार गाजाका करिब १९ लाख जनसङ्ख्याको करिब ८५ प्रतिशत आन्तरिक रूपमा विस्थापित भएको अनुमान गरिएको छ । विस्थापितमध्ये करिब १२ लाख गाजा पट्टीमा प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघको राहत तथा मानवीय मामिला हेर्ने निकायको सम्पर्कमा आएका छन् ।

गाजाकोे दक्षिणी छेउमा रहेको रफाह शहरमा दशौँ हजार आन्तरिक रूपमा विस्थापित सर्वसाधारण रहेको बीबीसीले उल्लेख गरेको छ ।

इजरायली सेनाले युनिस शहर खाली गर्न दिएको आदेश र निरन्तरको बमबारी र लडाइँपछि विस्थापित हुने क्रम बढेको छ । हप्तौदेखि चलेको द्वन्द्वमा इजरायली आक्रमणका कारण करिब १७ हजार ५ सय व्यक्तिको मृत्यु भएको हमासले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved